सल्यानमा भेटिएको बम नेपाली सेनाद्धारा निस्क्रिय

सल्यान २२, बैशाख ।
सल्यानमा भेटिएको बमलाई निस्क्रिय पारिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ९ धामीढुंगामा भेटिएको सकेट बम नेपाली सेना सबुज गण सिमखर्कको बम डिस्पोजल टोलीले बमलाई निस्क्रिय बनाएको हो । स्थानियले ओढारमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । आज दिउँसो बमलाई निस्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । द्धन्द्धकालिन समयमा नै बम छोडिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस