कोरोना भाइरस : ‘रोकथामको लागी सल्यानमा उच्च सर्तकता’

सल्यान २२, बैशाख ।
प्रदेश पाँचमा पर्ने छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको संक्रमण भेटिएपछि सल्यानमा उच्च सर्तकता अपनाईएको छ । जिल्लामा भित्रिने नाकामा थप कडाइ सँगै जिल्ला भित्रको आवतजावतलाई समेत कडाई गर्दै उच्च सर्तकता अपनाईएको हो । साथै जिल्लामा कोरोना भाइरस भए नभएको परिक्षण गर्न पिसिआर र आरडिटि परिक्षणलाई समेत तिव्रता दिइने भएको छ । प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सम्बन्धि कमाण्ड पोष्ट बैठकले यस्तो निर्णय गरेको हो ।


यस्तै बैठकले जिल्लाको छत्रेश्वरी गाउपालिकाको जिताठानमा रहेको मस्दिजमा कठाइ गर्दै आरडिटी र पिसिआर परिक्षण गर्ने निर्णय गरेको छ । अहिले जिल्लामा पिसिआर परिक्षणका लागी भिटिएम किटको अभाव भएको र कर्णाली प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालय सँग ५ सय किट माग गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो । सम्भावित जोखिमको आँकलन गरेर उच्च सर्तकता सहित जिल्लाका १० पालिकाहरुमा कडा निगरानी राखिने उहाँको भनाई छ ।

यसैबिच संबाददाता दुर्गा बिसीका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा पनि थप कडाइ गरिएको छ । नेपालगञ्जमा कोरोना भेटिएपछि कोहलपुर, छिन्छु, सल्लीवजार हुदैँ रुकुम, सुर्खेतको पूर्वी भाग, जाजारकोट तथा डोल्पा जाने नाका सल्ली भएकाले स्थानियमा त्रास बढेको छ । यसैबिच सल्लीवजारका एक जनामा गरिएको आरडिटि परिक्षणमा उनको नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस