सल्यान २३, बैशाख ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले दोस्रो चरण र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेको छ । दोस्रो चरणमा १५ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको निराजन माद्यामिक विद्यालयको क्वारेनटाइनमा रहेका ६ जना, वडा न ४ को खार्वन क्वारेनटाइनमा ४ र वडा न १ को होम क्वारेनटाइनमा रहेकका ५ गरी १५ जनाको नमुना परीक्षण गरिएको गाउँपालिकाका सूचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो । सबैको रिर्पोट नेगेटिभ आएसँगै क्वारेनटाइनमा रहेका सबैलाई घर पठाइएको छ ।