चट्याङ लागेर सल्यानमा एकको मृत्यु, पाँच जना घाइते

सल्यान २३, बैशाख ।
सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षिया हिमानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मंगलबार बिहान घरमा परेको चट्याङले गम्भिर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।


चट्याङ लागेर कुमाख गाउँपालिका वडा न ३ का वडा सदस्य ३६ वर्षिय अतिराम राना, श्रीमती ३० वर्षिया दिपा राना, ८ वर्षिय छोरा यमराज राना, २६ वर्षिय टेक बहादुर राना र २३ वर्षिय रणसिहं राना रहेका छन । उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस