कर्णालीका लागी केन्द्र सरकारसँग बिशेष अनुदानको माग गरेको छु : मन्त्री ज्वाला

 

सल्यान २३, बैशाख ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केन्द्र सरकारसँग कर्णाली प्रदेशको लागी बिशेष अनुदानको माग गर्नु भएको छ । अन्तरसरकारी वित्त परिष्दको पाँचौ बैठकमा बोल्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशको लागी बिशेष अनुदानको माग केन्द्र सरकार सँग गर्नुभएको हो ।

संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा सहित सातै प्रदेशका अर्थमन्त्रीहरुको बैठकमा कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरका बारे छलफल भएको थियो । भाइरसबाट परेको आर्थिक समस्या र समाधानका लागि बजेटका सम्वन्धमा छलफल भएको हो । ‘कोभिडलाई मध्यनजर गरेर बजेट ल्याउनु पर्ने छ, यस्तो अबस्थामा स्वास्थ्य क्षेत्र अन्र्तगत प्रदेश र जिल्ला अस्पताललाई पर्याप्त मात्रामा सशर्त अनुदान छुटयाउनु पर्छ’ उहाँले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिदैँ रोजगार विशेष कार्यक्रम ल्याउनु पर्नेमा केन्द्र सरकारलाई सुझाव दिएको उहाँको भनाई छ । ‘विशेष अनुदानको बजेट कर्णाली, सुदुरपश्चिम र दुइ नम्बरमा धेरै बजेट दिनुपर्ने माग गरेका छौं’ उहाँले भन्नभुयो । सो अबशरमा विकासको बाधकको रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारी अघि बढेको अर्थमन्त्री डा. खतिवडाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस