सल्यान २४, बैशाख ।
कोरोना भाइरस रोकथामका लागी सरकारले जारी गरेको बन्दाबन्दी कारण दैनिकी चलाउन समस्या भएका घरपरिवारलाई राहत बितरण गरिएको सल्यानमा दोस्रो चरणको राहत वितरण गर्न शुरु गरिएको छ । जिल्लाका केही स्थानिय तहले अहिले दोस्रो चरणको राहत वितरण गर्न शुरु गरेका छन् भने केहीले तयारी समेत गरेका छन् ।
यसैक्रममा जिल्लाको त्रिबेणी गाउपालिकाले धमाधम रुपमा राहत वितरण गरिरहेको छ । पहिलो चरणमा २ सय ५७ घरधुरीलाई राहत वितरण गरेको गाउपालिकाले दोस्रो चरणमा ६ सय घरपरिवारलाई राहत वितरण गरिरहेको गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो । पहिलो चरणमा राहत पाएकालाई नदोहोरिने गरी बाँकी बिपन्न परिवारलाई राहत वितरण गरिरहेको गाउपालिकाले जनाएको छ ।