सल्यानमा कोरोना परिक्षण गर्ने भिटिएम र आरडिटि किटको अभाव

माग गरिए पनि अहिलेसम्म नआएको छैन : डा. बुढा

सल्यान २५, बैशाख ।
सल्यानमा कोरोना परीक्षण गर्ने किटको अभाव भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको पत्ता लगाउन पिसिआर परिक्षणका लागी आबश्यक पर्ने भिटिएम किट र दु्रत परीक्षण (आरडीटी) किट अभाव भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागी नेपाल सरकारले लकडाउन गरेको आज ४५ दिन भएको छ । देश लकडाउन भएपछि जिल्ला भित्रिएका नागरिकलाइ स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ भने केहीलाई होमक्वारेन्टाइनमा बस्न सुझाव दिदैँ घर पठाईएको छ ।

बिगत केही दिन यता जिल्लामा पिसिआर र आरडिटि परिक्षणका लागी आबश्यक पर्ने किट अभाव हुदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । किट अभाव हुदाँ स्थानिय तहमा गएर कोरोना परिक्षण गर्न समस्या भएको उहाँको भनाई छ । अहिले जिल्लाबाट आरडिटी किट २ हजार र भिटिएम किट २ सयको माग गरिएको उहाँले जानकारी दिनुभयो ।


‘जिल्लामा अहिले पिसिआर र आरडिटि परिक्षण गर्ने किट अभाव छ, हामीले प्रदेश सरकारसँग माग गरेका छौँ, तर अहिले सम्म पनि पठाएको छैन्’ उहाँले भन्नुभयो ‘यदी कोही शंकास्पद भेटिएमा परिक्षण गर्ने किट अभावमा समस्या हुने निश्चित छ ।’ उहाँले थप्नुभयो ‘पर्याप्त कीट नहुँदा परिक्षणमा समस्या देखिन सक्छ, प्रदेश सरकारसँग पत्राचार गरिरहेका छौं, उपलव्ध हुने आश्वासन पाइएको पनि छ, तर कहिले आउँछ थाहा छैन् ।’

केही समय अघि जिल्लामा शंकास्पद ब्यक्तिहरुको पिसिआर बिधिबाट र द्रुत परिक्षणबाट कोरोना परिक्षण गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा भारत सहित तेस्रोमुलुक र अन्तरजिल्लाबाट गरेर सयौँ नागरिकहरु जिल्लामा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस