आरडिटी परिक्षण पश्चात बन्गाडको क्वारेन्टाइनमा वसेका ६४ जना घर फर्किए

सल्यान २७, बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा वसेका ६४ जना घर फर्किएका छन् । क्वारेन्टाइनमा वसेको १६ दिन पछि उनीहरुको आरडिटि परिक्षण पश्चात घर फर्किएका हुन् । झापाको वेलवारी नगरपालिकामा सडक स्तरोन्नतीको काममा रहेका बनगाड कुपिण्डे नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ का स्थानीयहरुलाइ क्वारेन्टाइनमा राखिएको थियोे ।


सबैको स्वास्थ्य परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । उनीहरुको समुहगत रुपमा चेकजाँच गरिएको बनगाड कुपिण्डे नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । क्वारेन्टाइनबाट घर फर्केने स्थानीय नागरिकलाई नगरले घर सम्म छाड्ने गाडीको व्यवस्था मिलाएको थियो । क्वारेन्टाइनमा बसेका सबै घर फर्किपछि आज देखी नगरले निर्माण गरेको क्वारेन्टाइन खाली भएको छ ।

नगरमा अन्य स्थान तथा जिल्लाबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखिने नगरप्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभएको छ । सबै कोरोना प्रभावित जिल्लाबाट नगरमा प्रवेश गर्न समेत निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित