सल्यानमा साढेँ एक हजार बढीको कोरोना परिक्षण

सल्यानले पायो ४० वटा भिटिएम किट

सल्यान २९, बैशाख ।
सल्यानमा साढेँ एक हजार बढीको कोरोना भाईरस परिक्षण गरिएको छ । जिल्ला अस्पताल सल्यान र बिभिन्न स्थानिय तहमा गरेर अहिले सम्म एक हजार ६८ जनाको कोरोना परिक्षण गरिएको हो । जसमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बिधिबाट एक हजार २२ वटा र पिसिआर बिधिबाट ४६ वटा परिक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमा सबैको रिपोर्ट नेगेटिभ आएको कार्यालयका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । जिल्लामा एक जनाको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो तर पिसिआर परिक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लाका स्थानीय तहहरुले निमार्ण गरेका क्वारेनटाइनमा बसी रहेका नागरिकको क्वारेनटाइनमा नै पुगेर आरडिटी परीक्षण गरिएको उहाँको भनाई छ ।


सल्यानले पायो ४० वटा भिटिएम किट
सल्यानमा ४० वटा भिटिएम किट आएको छ । कर्णाली प्रदेश सरकारले जिल्ला अस्पताल सल्यानलाई कोरोना परिक्षणका लागी ४० वटा भिटिएम किट उपलब्ध गराएको हो । तर जिल्लामा आरडिटि किट अभाव हुदाँ समस्या भएको डा. बुढाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस