सल्यान २९, बैशाख ।
सल्यानको पश्चिम क्षेत्रमा चलेको हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी र स्थानीयका घरका छाना उडाएको छ । आईतवार बेलुका चलेको हावाहुरीले बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमावि गराको ट्रस्ट भवनको छाना उडाएको छ भने वडा १२ को निगाल्चुलामा केही स्थानीयका खरका छाना भएका घर र स्वास्थ्य चौकीको जस्तापाता उडाएको छ । हावाहुरीका कारण १० लाख भन्दा वढी क्षती गरेको विद्यालयले जनाएको छ ।
असिना, पानी र हावाहुरीले निगाल्चुलाका केही भुभागमा तरकारी तथा फलफुलमा समेत क्षेती पुर्याएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभएको छ । हावाहुरीको क्षती एकिनको लागि बनगाड कुपिण्डे नगर उपप्रमुख मञ्जु यरी, योजना अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटाको टोलीले हावाहुरी प्रभावित क्षेत्रको अनुगमण गर्नुभएको छ ।