सल्यान ३१, बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले सबै वडामा पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । पहिलो चरणमा ७ सय ३६ विपन्न घरपरिवारलाई राहत वितरण गरेको बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले वताउनु भएको छ । पहिलो चरणमा अति विपन्न घरपरिवारलाई २५ केजी चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ ।
विपद् समितिको छनौट र नगर कार्यपालिकाको निर्णय वमोजिम राहत वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जनाकारी दिनुभएको छ । राहत पाउनेमा सबै भन्दा वढी वडा नम्बर १ र सबै भन्दा कम वडा नम्बर ३ का घरपरिवार रहेका छन् ।
वडा नम्वर १ मा १ सय २६ घरपरिवार, वडा नम्वर २ मा ३७, वडा नम्वर ३ मा २५, वडा नम्वर ४ मा ७९, वडा नम्बर ५ मा ८२ र वडा नम्वर ६ मा ३० घरपरिवारलाई राहत वितरण गरिएको छ । यस्तै वडा नम्वर ७ मा ६१ घरपरिवार, वडा नम्वर ८ मा ६२, वडा नम्वर ९ मा ५१, वडा नम्वर १० मा ७०, वडा नम्वर ११ मा ६६ र वडा नम्वर १२ मा ४७ घरपरिवारलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।