सल्यानका कुन–कुन ठाँउ खटिए कर्णाली प्रदेशको ‘मेडिकल मार्च’ डाक्टर ?

सल्यान ३१, बैशाख ।
कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ सुरु गरेको छ । प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरि मार्च अभियान सुरु गरिएको हो । सरकारले मार्चअन्तर्गत हुम्लाका ५ स्थानमा, कालीकोटका ४ स्थानमा, डोल्पा, सल्यान र मुगुका ३र३ स्थानमा, सुर्खेत, दैलेख, रुकुम पश्चिम र जाजरकोटका २र२ स्थानमा तथा जुम्लाको एक स्थानमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएको हो ।


सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानको धनवाङ हेल्थपोष्टमा डा. सनम शाक्य, कालीमाटी काल्चे हेल्थपोष्टमा डा. रहिम कोजू र देवस्थल हेल्थपोष्टमा डा. इन्द्रबहादुर थापा खटिनुभएको छ । मन्त्रालयका अनुसार एउटा टोलीमा चिकित्सकसहित करिब ६ जना स्वास्थ्यकर्मी पनि सामेल हुनेछन् । ती स्वास्यकर्मी स्थानीय स्तरबाट खटिनेछन् । टोलीको सहयोगमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस