सल्यान २, जेष्ठ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका नगरपालिका वडा नम्बर १ को स्यानीपिप्लीमा आज शुक्रबार लाग्ने भनिएको स्यानीपिप्ली मेला स्थगित भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउन र यसबाट बच्नको लागी भिडभाडमा नजाने उत्तम उपाय भएकाले समेत यस बर्षको मेला नलाग्ने भएको हो ।
हरेक बर्ष कृष्णनवमीका दिन लाग्ने यस मेला विशेष गरि छेलो हान्ने मेलाका रुपमा परिचित छ । वढ्दै गएको कोरोना महामारीले विकराल रुप लिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यस बर्ष भने मेला नलाग्ने भएको हो । बनगाड कुपिण्डे नगरपालिकाले सुचना जारि गर्दै मेला नलाग्ने जनाएको छ ।
पछिल्लो समय स्यानीपिप्ली मेला छेलो हान्ने र विजेतालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको हुन्थ्यो । छेलो हान्न कै लागि टाढा–टाढाबाट मानिसहरु मेला हेर्न आउने गर्दथेँ ।