सल्यान २, जेष्ठ ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा १० जनाको स्वाब संकलन गरिएको छ । रेड जोन घोषणा गरिएका विभिन्न जिल्लाबाट आएका उनीहरुको स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ । संकलन गरिएको स्वाव परीक्षणका लागि सुर्खेत प्रयोगशालामा पठाईएको छ । उनीहरुको केही दिनमा रिर्पोट आउन केही दिन लाग्ने छ ।
यस्तै क्वारेनटाइन तथा होम क्वारेनटाइनमा बसी रहेका १७ जनाको आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको गाउपालिकाको भनाई छ । गाउँपालिकाले यस अघि दुई पटक गरी ६० जनाको आरडिटी परीक्षण गरी सकेको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको छ ।