सिम्ता गाउँपालिकाको कोरोना कोषमा नेपाली काँग्रेसको सहयोग

सल्यान २, जेष्ठ ।
नेपाली काँग्रेस सुर्खेत सिम्ताले कोरोना नियन्त्रणको लागि आर्थिक र स्वास्थ्य सामग्री गाउँपालिकालाइ हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) ले विश्व अक्रान्त हुदै गएको यो समयमा सिम्ता गाउँपालिकावासीलाइ कसरी सुरक्षित राख्ने र वचाउने भन्ने विषयमा मात्रै केन्द्रित हुन नेपाली कांग्रेस सिम्ताले विशेष अनुरोध गरेको छ ।


यो अबस्थालाई न्युनिकरण गर्नको लागि सिम्ता गाउपालिकाको राहत कोषमा २५ हजार नगद र १ पेटी साबुन, २ सय वटा मास्क र ४ डिब्बा सेनिटाइजर लगाएत स्वास्थ्य सामाग्री नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री ह्रदय राम थानीको नेतृवमा गाउंँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, प्रमुख प्रशासकिय अधिकृत जनक हमालले सहयोगी निकायलाई धन्यबाद दिनुभएको छ ।

यसैबिच सिम्ता गाउपालिकाले आज नै विदेशबाट आएका, जोखिममा रहेका स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, गाडी चालक र जनप्रतिनिधि लगाएत ३० जनाको स्वाव संकलन गरिएको छ । सिम्ता गाउँपालिकामा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको टोलीले स्वाब संकलन गरेको र रिपोर्ट ४ दिन भित्र आउने स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुनले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस