स्थानिय तहका जनप्रतिनिधिको तीन बर्ष : सल्यानमा कति काम भए ?

सल्यान २, जेष्ठ ।
सल्यानका स्थानिय तहले पूर्वाधार बिकासलाई प्राथामिकता दिएका छन् । तीन नगरपालिका र सात गाउपालिका गरी दश स्थानिय तह रहेको सल्यानमा पूर्वाधार बिकासलाई नै प्राथामिकता दिएर काम गरिरहेको जनप्रतिनिधिको भनाई छ । नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय तहमा चुनाव भएको तीन वर्ष पूरा भैसकेको अबस्थामा पूर्वाधार बिकासलाई नै प्राथामिकता दिएर काम गरिरहेको उनीहरु बताउँछन् ।

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले यस अबधिमा खानेपानीलाई प्राथामिकता दिएर लिफ्ट प्रणालीबाट सबै बस्तीहरुमा खोनपानी पु¥याएको बताउनुभएको छ । ‘खानेपानीको अभावमा समस्या हुने गरेको थियो, नगरपालिकाको पहिलो काम खानेपानीको क्षेत्र हो’ उहाँले भन्नुभयो ‘अहिले घर–घरमा खानेपानी पुगेको छ ।’ यस्तै गुणस्तरीय शिक्षा, सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्नु जस्ता काम नगरपालिकाले तीन बर्षको अबधिमा पुरा गरेको उहाँको भनाई छ ।

कालीमाटी गाउपालिका अध्यक्ष दान बहादुर केसीले भौगोलिक रुपमा बिकट मानिएको यस गाउपालिकामा सडक निर्माणलाई प्राथामिकता दिएर काम गरेको बताउनुभएको छ । ‘बिकासको पहिलो आधार सडक हो, हामीले सडक सञ्जालको पहुँच नपुगेका बस्तीहरुमा सडक बिस्तार गरेका छौँ’ उहाँले भन्नुभयो ‘करिब साबिकका सबै वडाहरुमा अहिले सडक सञ्जाल जोडिएको छ ।’ यस्तै बिद्युक्त, सिँचाई, खोनपानी, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि काम गरेको उहाँको भनाई छ ।


त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले गाउपालिकाले तीन बर्षको अबधिमा बिद्युक्तिकरणलाई प्राथामिकता दिएर काम गरिरहेको बताउनुभएको छ । ‘हामीले गाउपालिका भित्रका प्रायः सबै वडामा बिद्युक्तिकरण गर्ने योजना छ, सोही अनुसार काम भैरहेको छ’ उहाँले भन्नुभयो ‘गाउपालिकाले बर्षेनी बिद्युक्त क्षेत्रलाई प्राथामिकता दिएर बजेट विनियोजन गर्दै आएको छ ।’ यस्तै हाम्रो त्रिबेणी नामक स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गरिएको, पूर्ण सरसरसफाईको अभियान सञ्चालन गर्नु नै मूख्य उपलब्धीका रुपमा हेरिएको उहाँको भनाई छ ।

जिल्लाका सबै स्थानिय तहहरुले तीन बर्षको अबधिमा थुप्रै कामहरु सम्पन्न गरेको बताएपनि निर्वाचनको समयमा गरेको बाचा अनुसारको काम भने नगरेको नागरिकको भनाई छ । स्वरोजगारमुलक, सिपमुलक, उत्पादनमुलक, सचेनामुलक कार्य भन्दा पनि पूर्वाधार बिकासमा मात्रै स्थानिय तहका जनप्रतिनिधिहरु सक्रिय बनेको उनीहरुको बुझाई छ ।

जनप्रतिनिधिहरुले सोचेअनुसारको काम नगरेको स्थानिय नागरिकहरुले बताउदैँ आएका छन् । नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहलाई २२ वटा एकल अधिकार प्राप्त भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस