थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

सिरहामा पहिलो पटक संक्रमित भेटिए

जेष्ठ ३, २०७७ !

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । शनिबारबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७३ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा(१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज(१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ निवासी १८ वर्षीया महिला र चितवन गढौली(१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस