सल्यान ४, जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइन वसेकाहरुको आरडिटि परिक्षण र स्वाव संकलन गरिएको छ । जिल्ला अस्पताल सल्यानको प्रविधिक सहयोग र बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्र्तजिल्लाहरु वारा, धादिङ, रामेछापबाट आएका ११ जनाको आरडिटि चेकजाँच गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
यस्तै भारतबाट आएका ७ जना र बाराबाट आएका २ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । प्रभाकर माद्यामिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा वसेका उनीहरुको आरडिटि परिक्षण तथा स्वाव संकलन गरिएको हो ।