सल्यान ४, जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कोरोना राहत कोषमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । यसैक्रममा नगरको कोरोना राहत कोषमा सुर्योदय लघुवित्त सल्लिवजार शाखाले रु. ५० हजार सहयोग गरेको छ । सल्लिशाखा प्रमुख रिता भण्डारीले नगर प्रमुख गोबिन्द कुमार पुन र उपप्रमुख मञ्जु यरीलाइ चेक हस्तान्तरण गर्नुभएको हो ।
यसैबिच नगरपालिकाकाको कोरोना कोषमा हाल सम्म ३ लाख १९ वरावरको रकम सहयोग प्राप्त भएको छ । जसमा सुर्योदय लघुवित्तको ५० हजार, दलित सेवा संघको १० हजार, चेतना उद्यमीको ७ हजार, महिला सहयात्राको १५ हजार, वातावरण वहुउदेश्य सहकारीको ४० हजार, उद्योग बाणिज्य संघको १५ हजार र नगरपालिकाका कर्मचारीले १ लाख ८२ हजार रकम सहयोग गरेको गरेका छन् ।