सल्यान ६, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउपालिकामा खाद्यान्न वितरण गरिएको छ । महिला किशोरी तथा बालअधिकार कार्यक्रम (केट नेपाल) सुर्खेतको सहयोग र सिम्ता गाउपालिका वडा नम्बर ६, वाईजिजिपी सुर्खेतको समन्वमा खाद्यान्न वितरण गरिएको हो ।
सिम्ता गाउँपालिकाको वागेश्वरी माद्यामिक बिद्यालय राकमका १ सय जना बालबालिकाका अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ । प्रतिव्यक्ति २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल र २ केजी नुन वितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा स्वास्थ्य चौकी राकमलाई पनि माक्स ५ प्याकेट, साबुन १ पेटी, सेनिटाइजर ७ डिब्बा लगाएत स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र सिह ठकुरी, वाइजिजिपिका कार्यक्रम संयोजक वेल बहादुर विक र गैसस महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी लगाएतको उपस्थिती रहेको थियो ।