सल्यान ६, जेष्ठ ।
सल्यानको सल्लीवजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य बृद्धि भएको छ । कोरोना भाइरस नियन्त्रणको लागी सरकारले जारी गरेको बन्दाबन्दीको मौका छोपेर ब्यापारीहरुले उपभोग्य बस्तुहरुको एक्कसी मूल्य बढाएका हुन् । खरिद गर्ने ठाँउबाट नै सामानको मुल्य बढेको बाहना बनाउदैँ ब्यापारीहरुले उपभोक्ताहरुबाट चर्को मूल्य अशुल्ने गरेको पाइएको छ ।
अहिले दाल, चामल, तेल, नुन लगाएतका दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा ब्यापारीहरुले चर्को मूल्य लिने गरेको स्थानियको गुणासो छ । दैनिकदिन नागरिकले उपभोग गर्ने सामानहरु सल्लिबजार आसपासमा ट्रकका ट्रक आउँछ तर पनि व्यापारीले किलोको २ सय देखि ५ सय वढाइ विक्री गरेको पाएको छ । २५ केजीको मोटो चामल पहिले १ हजार ५० पथ्र्यो भने हाल १४/१५ सय र मसिनो १५ सय पर्ने चामल हाल १ हजार ८ सय देखी २ हजार सम्म पर्ने गरेको छ । यस्त लिटरमा १ सय ६० पर्ने खानेतेल अहिले २ सय २० सम्म पर्ने गरेको छ ।
लकडाउनको सुरुवाती चरणमै व्यापारीले सामान लुकाइ कालोवजारी गरिरहेको स्थानिय बताउँछन् । तर यसरी सामानको मूल्य बढाएर बिक्री गर्दा पनि स्थानि तह बन्गाड कुपिण्डे नगरपालिका भने मौन रहेको छ । यस्तो बेलामा बजार अनुगमण लगाएतका काम गर्नुपर्ने भएपनि नगरपालिकाले चासो नदिएको नागरिकको बुझाई छ ।