सल्यान ६, जेष्ठ ।
सल्यानको सिद्ध कुमाख गाउपालिकामा निर्माण गरिएको क्वारेन्टाईनमा बसेको सबैको पिसिआर रिपोर्ट आएको छ । गत जेष्ठ १ गते स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा गाउपालिकाको क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाव संकलन गरिएको थियो । स्वाव संकलन गरिएका सबै १० जना कै पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
उनीहरुलाई सामुदायिक क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा पठाउने तयारी भैरहेको गाउपालिकाले जनाएको छ । उनीहरु सबै कोरोना संक्रमित जिल्लाबाट फर्किएका थिए ।