तीन दिन देखी भेरी नदीमा बेपत्ता बालिकाको शव भेटियो

सल्यान ६, जेष्ठ ।
सल्यानको पश्चिमी क्षेत्रमा पर्ने भेरी नदीमा बेपत्ता बालिकाको शव भेटिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ तल्लो बोटेचौर स्थित नदी किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।


सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ घाटगाउँ निवासी प्रेम विकको १० वर्षिया छोरी लक्ष्मी विक आइतबार भेरी नदिमा पानी ल्याउन गएको बेला नदिमा डुबेर बेपत्ता भएकी थिईन । प्रहरी, स्थानिय र आफन्तले खोजी कार्य गर्दा शव भेटिएको हो । शवलाई पोष्टमार्टमको लागी सुर्खेत मेहलकुना अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस