‘अलपत्र नागरिकलाई उद्धार गरी राख्न सिम्तामा क्वारेन्टाइन थप गरिदैँ’

सल्यान ७, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउपालिकाका करिब ४ हजार नागरिक भारत रहेको तथ्य बाहिरिएको छ । गाउपालिकाका अनुसार हाल मजदुरीका लागि गएका गाउँपालिका भित्रका ४ हजार ४ सय ८१ जना नागरिक भारतमा रहेका छन् । ती नागरिकहरु गाउ फर्किएका राख्न समस्या हुने बताउदैँ गाउपालिकाले क्वारेन्टाइन निर्माण थालेको छ ।

सिम्तामा यसअघि एउटा मात्रै क्वारेन्टाइन वागेश्वरी माद्यामिक बिद्यालय राकममा निर्माण गरिएको थियो । अहिले गाउपालिकाले नागरिक भित्रनु पूर्वको तयारी अन्र्तगत ९ वटै वडाका मावि, निमावि र प्राविहरुमा क्वारेन्टाइन वनाउन शुरु गरिएको छ ।


अबको केही दिन भित्रमा क्वारेन्टाईन निर्माणको सबै काम पुरा हुने गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसीले जानकारी दिनुभएको छ । सिमा नाकामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन केन्द्र तथा प्रदेश सरकारले जोड दिनुपर्ने र आफ्ना नागरिकको बाँकी ब्यबस्थापनको काम आफुले गर्ने उहाँको भनाई छ ।

सिमानाकामा अलपत्र अबस्थामा छोड्नु भन्दा उनीहरुको गाँउमा ल्याएर उचित ब्यबस्थापन गरिने उहाँले जानकारी दिनुभयो । रोगले भन्दा भोकले मानिसहरु मर्ने अबस्था आउन सक्ने भन्दै उनीहरुको समयमा नै ब्यबस्थापन गरिनु आबश्यक रहेको उहाँको भनाई छ । अहिले सम्म गाउपालिकामा आएका सबैको स्वास्थ्य जाँच सहितको उचित ब्यबस्थापन गरिएको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस