दाङ–सल्यान सिमा नाकामा सुरक्षाकर्मी र स्थानिय यूवा परिचालन

सल्यान ७, जेष्ठ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको बेला सल्यान भित्रिने नाकामा थप कडाई गरिएको छ । प्रदेश नम्बर पाँचमा पर्ने दाङ सहितका बिभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सल्यान भित्रिने बिभिन्न नाकाहरुमा थप कडाई गरिएको छ । मूख्य नाका कपुरकोट, कालीमाटी सँगै त्रिबेणीका भित्रि नाकाहरुमा कडाई गरिएको छ ।

मान्छेहरुको ओहोरदोहार गर्दा कोरोना भाइरस संक्रमण फैलने सम्भावना बढी भएकाले सबै नाकाहरुमा थप सुरक्षाकर्मी सहित कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेर सबै नाकाहरुमा थप कडाई गरिएको जानकारी दिनुभएको छ । ‘हामीले सबै नाकाहरु बन्द गरेका छौँ’ उहाँले भन्नुभयो ।


सुरक्षा निकाय सँगै अहिले स्थानिय यूवाहरु समेत सिमा नाकामा कडाईका लागी परिचालन भएका छन् । सुरक्षा निकायहरुको सँगै स्वयम्सेवी रुपमा काम गर्नको लागी सिमा नाकामा खटिएको त्रिबेणी गाउपालिकाका समाजसेबी डिल्ली राज खड्काले बताउनुभयो । अहिले गोगने गैरीकटेरीका यूवाहरु दाङ सल्यानको सिमा क्षेत्र गैरीकटेरी डाँडा, करेलेचौर, कालापोखरा, हासेपोखरा सिमा नाकामा खटिएको उहाँले जानकारी दिनुभयो ।

बिशेषतः काफल खान दाङबाट सल्यान आउनेहरु धेरै भएको स्थानियको भनाई छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दै अहिले दैनिक ३ सय जना मान्छेहरु काफल खान लगाएतका कामले सल्यान प्रवेशका लागी आउने गरेका छन् । उनीहरु सबैलाई सम्झाई बुझाई गर्दै दाङ फिर्ता गर्दै आईएको छ ।

सिमा नाकामा आउने उनीहरुलाई केही घण्टा रोकेर सम्झाई बुझाई गराएर फिर्ता गर्दै आएको बताईएको छ । सिमा नाकाबाट मानिसहरु बिभिन्न कामको बाहाना बनाएर ओहोर दोहार गर्दा कोरोना भाइरसको संक्रमण बढी हुने भएकाले यसलाई कम गर्नको लागी सल्यानमा बिशेष सर्तकता अपनाईएको छ ।

प्रतिक्रिया दिनुहोस