सल्यान ८, जेष्ठ ।
सल्यानको कपुरकोट गाउपालिकाले क्वारेन्टाइनको क्षमता बढाउने भएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण तथा उपचारलाई अझै प्रभावकारी बनाउन क्वारेन्टाइनको क्षमता बढाउने तयारी भएको गाउपालिकाले जनाएको छ । गाउँपालिकाको आयोजनामा जनप्रतिनिधी, राजनितिक दल, उद्योगी, ब्यापारी, सुरक्षाकर्मी, संचारकर्मी, नागरिक समाजका प्रतिनिधीहरुको विचमा भएको छलफलमा कपुरकोट गाउपालिका वडा नम्बर ३ मा संचालनमा रहेको कवारेनटाईनको क्षमता बढाएर ५० बेडको बनाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै कपुरकोट नाकामा आएर अलपत्र तथा समस्यामा परेका मानिसको ब्यवस्थापनका लागि कालिका माद्यामिक बिद्यालय कपुरकोटको पुरानो भवनलाई मर्मत गर्ने निर्णय भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयसंग समन्वय र सहयोग माग गर्ने निर्णय भएको गाउपालिकाले जनाएको छ । यस्तै बैठकले पिसिआर विधिबाट कोरोना भाइरस भएनभएको पत्ता लगाउनका लागि चाहिने भिटिएम खरिद गर्ने निर्णय पनि गरेको छ । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कोरोना भाइरस विरुद्ध लड्न र संक्रमण भित्रन नदिनका लागि गाउँपालिकाले सबै पक्षसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।