‘जसले खुवाईन् भारतबाट सल्यान फर्किएका चार सय बढी नागरिकलाई खाजा’

सल्यान ९, जेष्ठ ।
सल्यान पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरपालिकामा भारतबाट भित्रिएका नागरिकलाई खाजाको ब्यबस्था गरिएको छ । जिल्ला समन्वय समिती सदस्य आशा वलीले खाजाको व्यवस्थापन गर्नु भएको हो । ४ सय बढी बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका, सिम्ता गाउँपालिका र कालिमाटी गाउँपालिकाका नागरिकलाई उहाँले ड्राइफुड खाजाको व्यवस्थापन गर्नु भएको हो ।


७ दिन देखी अन्नपानी समेत राम्रोसँग खाना नपाएको उनीहरुले वताएका थिए । खान नपाएर समस्यामा परेका उनीहरुलाई खाजाको ब्यबस्था गरिदिएको वलीको भनाई छ । भोक, प्यास र थकानले समस्यामा परेका नागरिकलाई त्यही खाजाले समेत ठुलो राहत गरेको छ । बनगाड क्याम्पसको क्वारेन्टाइन र प्रभाकर माविको क्वारेन्टाइनमै पुगि भारतबाट आएका नागरिकलाई खाजाको व्यवस्थापन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस