सल्यान ९, जेष्ठ ।
भारतबाट सल्यान फर्किएका ४ सय ३६ जनाको आरडिटि परिक्षण गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्र भारतबाट आएका ४ सय ३६ जनाको आरडिटि परिक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार भारतका विभिन्न स्थानबाट लकडाउनमा फसेका उनीहरु जिल्ला फर्किएका थिए ।
प्रभाकर माद्यामिक बिद्यालय क्वारेन्टाइनमा रहेका २ सय ५३ जना, बनगाड क्याम्पसमा १ सय ४७ र नवज्योती माद्यामिक बिद्यालय अधेरीमा ३६ जना राखिएको छ । अधेरी क्वारेन्टाईनमा रहेका ३६ जनाको कपुरकोट नाकामा नै परिक्षण गरिएको थियो ।
यसैबिच बनगाड क्याम्पस बनगाडमा वसेका १० जनाको किट अभाव हुदाँ आरडिटि परिक्षण गरिएको छैन् । जिल्लाबाट आरडिटि ल्याएर छिट्टै चेकजाँच हुने डाक्टर इन्द्र थापाले जानकारी दिनु भएको छ ।