सल्यान १०, जेष्ठ ।
सल्यानको थारमारे स्थित ठिनबाङ खोलामा ट्रक दुर्घटना भएको छ । बाराबाट रुकुम पूर्व जादैँ गरेको ना ४ ख ८००९ नम्बरको ट्रक ठिनबाङ खोलाको उकालोमा क्रस भाँचिएर ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तस्वीर सामाजिक सञ्जालबाट
निर्माण समाग्री अलकत्रा बोकेको ट्रक आज दिउसोँ सवाँ चार बजे तीर दुर्घटना भएको हो । ट्रक सडकको दायाँ साइटमा पल्टिएको छ । ट्रकमा रहेका चालक सहित तीन जना सकुशल रहेको प्रहरीको भनाई छ ।