लक्ष्य बहादुर सुनार,
सल्यान १०, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ९ खानिखोला खान्मामा लकडाउनको समयलाइ सदुपयोग गर्दै अबरुद्ध सिचाइ कुलो निर्माण गरिएको छ । खान्मा स्थित मुलखोलिमा पर्ने सिचाइ कुलो ३ बर्ष अघि आलि दुनि सडक निर्माण गर्दा अबरुद्ध भएको थियो । सडक निर्माणकार्य गर्ने निकायले भने किसानको सिचाइ कुलो मर्मत गर्न तर्फ ध्यान नदिएको किसानको गुनासो छ । ३ बर्षपछी लकडाउनमा सामाजिक दुरि कायम गरि कुलोका उपभोक्ता आफैले १५ दिन लगाएर कुलो निर्माण गरेको स्थानिय लक्ष्य बहादुर सुनारले बताउनुभयो । सुनारका अनुसार ३ बर्ष सम्म त्यस कुलो अन्तर्गत २५ घरधुरिको खेतियोग्य जमिन प्रभावित भएको थियो ।
झण्डै ४ सय मिटर कुलो निर्माण गरेर अहिले पानी पनि सन्चालक भएको उक्त कोइराले सिचाइ कुलोका मोहि नाइके बल बहादुर रानाले बताउनुभयो । कुलो सञ्चालन भएपछी स्थानिय खुसी भएका छन । अब उक्त क्षेत्रको खेतियोग्य जमिन सिन्चित हुने भएकाले उपभोक्ता खुसी भएका छन । सिचाइ कुलोको व्यवस्थित र परिपक्क निर्माणका लागि स्थानिय सरकार र प्रदेश सरकार र सरोकार बाल सङ्ग पहल गरिने उपभोक्ता स्थानिय वीर बहादुर सुनारले बताउनुभयो । सडक निर्माणकार्यसँगै कुलो ठाउँठाउँमा भत्किने पुरिने र काटिएको थियोे । किसानको श्रमदानमा कुलो मर्मत गरिएको छ ।