सल्यान ११, जेष्ठ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाईनमा रहेको ५ सय ३० जनालाई खाजाको ब्यबस्था गरिएको छ । बन्दाबन्दीका कारण भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका उनीहरुलाई खाजाको ब्यबस्था गरिएको हो ।
जिल्लाको पश्चिमी क्षेत्रका बिभिन्न समाजसेवीहरुले उनीहरुलाई खाजाको ब्यबस्था गरेका हुन् । प्रभाकर माद्यामिक बिद्यालयको क्वारेन्टाइनका २ सय ५३ जना र बनगाड क्याम्पसमा रहेका १ सय ५७ जनालाई स्थानिय समाजसेवी तथा व्यापारी विजय नेपालीले चाउचाउ, फ्रुटी र पानीको ब्यबस्था गरिदिनुभएको छ ।
यस्तै समाजसेवी तथा व्यापारी गणेश वुढाथोकीले जनता प्राथामिक बिद्यालय वस्नेराका ९८ जनालाई चाउचाउ र फ्रुटीको ब्यबस्था गरिदिनुभएको हो । यस्तै समाजसेवी तुङ विसी, दिपवहादुर वस्नेत र लोकवहादुर विसीले १ सय केजी भन्दा बढी काँक्राको ब्यबस्था गरिदिनुभएको छ । यसअघि जिल्ला समन्वय समिति सदस्य आशा वलीले पानी र ड्राइफुड खाजाको ब्यबस्था गरिदिनुभएको थियो ।
यसैबिच नगरपालिकाको बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुलाई सक्दो सहयोग गर्न नगरप्रमुख गोबिन्द कुमार पुनले आग्रह गर्नुभएको छ ।