सल्यानमा जिल्ला विपद् पूर्व प्रतिकार्य शिक्षा समूह गठन

सल्यान ११, जेष्ठ ।
सल्यानमा जिल्ला विपद् पूर्व प्रतिकार्य शिक्षा समूह गठन गरिएको छ । जिल्लाका शिक्षा सरोकारवालाहरुको आइतबार बसेको अनलाइन जुम बैठकले यस्तो निर्णय गरेको हो । बैठकबाट शिक्षा, विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लालबहादुर घर्तीको संयोजकत्वमा १७ सदस्यीय शिक्षा समूह गठन गरिएको छ ।


जसमा सामाजिक विकास कार्यालय सल्यानका प्रमुख भीमप्रसाद पोखरेल सदस्य सचिव रहनुभएको छ । यस्तै समूहमा स्थानीय तहमा कार्यरत शिक्षा शाखा प्रमुख र सल्यानमा शैक्षिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् । साथै बैठकले स्थानीय तहमा विपद् पूर्व तयारी तथा प्रतिकार्य शिक्षा समूह गठन र सल्यानको सापेक्षतामा पठनपाठनका वैकल्पिक मार्गको खोजी गर्ने विषयमा निर्णय भएको छ ।

जसको लागी पठनपाठनको रचनात्मक तथा वैकल्पिक उपायको खोजी गर्न शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित