सल्यानमा शंकास्पद एक सहित ६ जनाको स्वाव संकलन, पिसिआर परिक्षणका लागी सुर्खेत पठाइदैँ

सल्यान १२, जेष्ठ ।
सल्यानमा एक जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट (आरडिटि) रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको बागचौर नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा बसेका एक जनाको आइतवार आरडिटि गर्दा रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ आएका ५३ बर्षिय ती पुरुष केही दिन अघि रामेछापबाट फर्किएका थिए ।


उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । नगरपालिकाका बिभिन्न ठाँउका ५३ जनामा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । उनको पिसिआर परिक्षणलाई स्वाव संकलन गरिएको छ । उनी सहित ६ जनाको स्वाव संकलन गरिएको र पिसिआर परिक्षणका लागी आज सुर्खेत पठाउने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । पिसिआरको रिपोर्ट भोलीसम्म आउने छ ।

प्रतिक्रिया दिनुहोस