सुर्खेतका थप १२ जनामा संक्रमण पुष्टी भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुग्यो

सल्यान १३, जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार बिहानमात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो ।

सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरि जम्मा ११ जना संक्रमित थिए । मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उहाँले बताउनुभयो ।


उनिहरू १२ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको र अबदेखि रिकन्फर्मको लागि नेपालगन्ज पठाउनुनपर्ने खड्काले बताउनुभयो । योसंगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । यसअघि बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका १ गरि सुर्खेतका ३ जनमा कोरोना संक्रमित थिए ।

प्रतिक्रिया दिनुहोस