सल्यान १३, जेष्ठ ।
सल्यानका एक शंकास्पद ब्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको बागचौर नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा बसेका एक जनाको आइतवार आरडिटि गर्दा रिपोर्ट पोजिटिभ आएको थियो तर पिसिआर परिक्षण गर्दा मंगलवार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
५३ बर्षिय ती पुरुष केही दिन अघि रामेछापबाट फर्किएका थिए । उनी सहित ६ जनाको स्वाव संकलन गरि जाँचको लागी सुर्खेत पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कार्यालयको भनाई छ ।