बन्गाडमा भित्रिए ८ सय ७ जना : ३ सय ९३ को स्वाब संकलन

सल्यान १४, जेष्ठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाईनमा ८ सय ७ जना राखिएको छ । भारत सहित बिभिन्न क्षेत्रबाट नगरमा आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । जसमा प्रभाकर माद्यामिक बिद्यालय क्वारेन्टाइनमा २ सय ५३ जना, जनता प्राथामिक बिद्यालय वस्नेउरामा ८९ जना, बनगाड क्याम्पसमा १ सय ५३ जनालाई राखिएको छ ।


यस्तै रामजानकी प्राथामिक बिद्यालय राउचेमा ८१ जना, भैरवी निम्न माद्यामिक बिद्यालय वेलखोलामा ७६ जना, गंगा प्राथामिक बिद्यालय अम्रामा ७१ जना, भेरी निम्न माद्यामिक बिद्यालय गरामा ४३ जना र नवज्योती माद्यामिक बिद्यालय अध्येरीमा ३६ जनालाई राखिएको नगरपालिकाले जनाएको छ ।

जसमध्ये मंगलबार ३ सय ९३ जनाको कोरोना भए नभएको परिक्षणका लागी स्वाब संकलन गरिएको छ । संकलन गरिएका स्वाव पिसिआर परिक्षणका लागी सुर्खेत पठाइने छ भने केहीमा नै रिपोर्ट आउने छ । भारतबाट सयौँ मान्छेहरु नगरमा भित्रिएपछि नगरपालिकालाई उनीहरुको ब्यबस्थापनमा चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस