सुर्खेतका थप १५ जनामा कोरोना संक्रमण : कर्णालीमा संक्रमितको संख्या ३८ पुग्यो

सल्यान १४, जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । बुधबारमात्रै १५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । भरतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो । उनिहरूमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उहाँले बताउनुभयो ।


यसअघि दैलेखका ८ जना र सुर्खेतका १५ गरि जम्मा २३ जना संक्रमित थिए । योसंगै सुर्खेतका मात्रै ३० जनामा कोरोना संक्रमण देखिएको छ । उनिहरू १५ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित