दार्माका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३२ जनाको कोरोना बिमा

सल्यान १५, जेष्ठ ।
सल्यानको दार्मा गाउँपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको कोरोना विमा गरेको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्धार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३२ जनाको विमा गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।


विमा बापत प्रति व्यक्ति ६ सयका दरले रकम लिइएको र पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सोरेन्स प्रालि सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो । विमाको समय एक वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस