पहिलो पटक कर्णालीमैत्री बजेट आयो : मन्त्री ज्वाला

सल्यान १६, जेष्ठ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संघिय संसदको सयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा कर्णालीमा खाद्यान्नमा प्राथमिकता दिइएको छ । कोभिड लगायत संक्रामक रोग नियन्त्रण सहित स्वास्थ्यलाई पहिलो प्राथमिकता तथा कृषि उत्पादन, खाद्य आपूर्ति, रोजगारीमा केन्द्रित आगामी आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशलाई महत्वका साथ सम्बोधन गरेको छ ।


यस बारेमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पहिलो पटक कर्णालीमैत्री बजेट आएको बताउनुभएको छ । ‘संघीय सरकारले ल्याएको बजेट कोरोना केन्द्रित र कर्णालीमैत्री पनि छ । तत्कालको महामारीलाई केन्द्रमा राखेर आएको बजेटले कर्णालीका झण्डै दुई दर्जन महत्वपूर्ण आयोजनाहरुलाई प्राथमिकता दिनु हाम्रो लागि खुशीको कुरा हो’ उहाँले भन्नुभयो ।

‘यस बारेमा कर्णाली प्रदेश सरकारको तर्फबाट पटक–पटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको थियो । अर्थमन्त्रीज्यूलाई पनि घच्घच्याएका थियौं । सायद त्यसैले होला पहिलोपटक कर्णालीमैत्री बजेट आएको छ ।’ कर्णालीमा स्वास्थ्य, सडक, खानी, खेलकुद, कृषि, पर्यटन, रोजगारी र औद्योगिक लगायतका क्षेत्रले बजेटमा प्राथमिकता पाएको उहाँको भनाई छ ।

बजेटमा समेटेका कर्णाली प्रदेशका केही योजनाहरुको सुचि हेर्नुहोस् : 
– कर्णाली कोरिडोर निर्माण
– भेरी कोरिडोर निर्माण
– सुर्खेत कोहलपुर सडक चार लेन
– राप्ती राजमार्ग स्तरोन्नति
– सुर्खेत जुम्ला राजमार्ग स्तरोन्नति, ८ नाग्मा गमगढी रारा सडक निर्माण
– हुम्ला सदरमुकाम सडक पुर्याउने
– सुर्खेत प्रादेशिक विमानस्थल स्तरोन्नति
– प्रदेश राजधानी वीरेन्द्रनगर खानेपानी
– सरुवा रोग अस्पताल योजना
– भेरी बबई बहु उद्धेश्यीय परियोजना
– सुर्खेतका बाढी पीडितका पुनर्स्थापना
– फुकोट, जगदुल्ला र नलगाड विद्युत आयोजना
– कर्णाली भेरी लिफ्ट खानेपानी
– कर्णाली नदी तथा जलाधार संरक्षण
– जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम
– सुर्खेतमा बहुमूल्य पत्थर उत्खनन उद्योग
– रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना
– एक प्रदेश एक पर्यटकिय गन्तब्य
– कर्णाली बाल संरक्षण कार्यक्रम
– उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना
– हुम्ला यारी नाका व्यवस्थापन
– विधि विज्ञान प्रयोगशाला स्थापना

 

 

प्रतिक्रिया दिनुहोस