पन्ध्र दिनमा भारतबाट १ हजार ३ सय बढी नागरिक सल्यान भित्रिए

सल्यान १६, जेष्ठ ।
मजदुरीको लागी भारत गएका १ हजार ३ सय बढी नागरिक सल्यान भित्रिएका छन् । मजदुरीको लागी भारतका बिभिन्न ठाँउमा गएका १ हजार ३ सय २७ जना जेष्ठ १ गते देखी बिहीवार सम्म जिल्ला भित्रिएका हुन् । कपुरकोट नाका र बबई नाकाबाट उनीहरु जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कोरोना भाइरस बिश्वभर फैलदैँ गएको अबस्थामा खान, बस्न लगाएतका समस्या भएका उनीहरु भारतबाट जिल्लामा फर्किएका हुन् । भारतमा रहदाँ बिभिन्न समस्या पाएपछि आफुहरु जिल्लामा फर्किएको उनीहरुको भनाई छ । यस्तै १५ दिनको यस अबधिमा नेपालका बिभिन्न जिल्लाहरुबाट ३ सय ३६ जना नागरिक जिल्लामा भित्रिएको प्रहरीको भनाई छ ।


उनीहरु सबैलाई स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । खान र बस्न सँगै बिभिन्न समस्या भएपछि सयौँ नागरिकहरु जिल्लामा भित्रिएको उहाँको भनाई छ । ‘जिल्लामा भित्रिएका सबैलाई सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ’ उहाँले भन्नुभयो ‘अहिले उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य छ ।’ उहाँले जिल्लामा भित्रिएका सबैको आरडिटी परिक्षण गरिएको जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसको संक्रमण नहोस भनेर उच्च सर्तकता अपनाईएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस