बन्गाडका क्वारेन्टाइनमा रहेका नागरिकलाई मनोपरामर्श सेवा

सल्यान १६, जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकलाई मनोपरामर्श दिईएको छ । क्वारेन्टाइनमा अत्यधिक चाप वढेपछि भित्र र बाहिर आवतजावत तथा कोभिड १९ का विषयमा उनीहरुलाइ प्रष्ट पारिएको हो । क्वारेन्टाइनमा कसरी वस्ने, कसरी सुरक्षित रहने, भौतिक दुरि कायम गर्दाका फाइदाका विषयमा जानकारी दिईएको छ ।


मानवअधिकारकर्मी रामचन्द्र रेग्मी र मनोपरामर्शकर्ता विजयशरण आचार्यले प्रशिक्षण दिनु भएको हो । प्रत्येक क्वारेन्टाइनमा पुगेर सुत्केरी, वालवालिका, महिला र वृद्धवृद्धाहरु कसरी वस्ने तथा आ–आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा वढी केन्द्रित रहेको रेग्मीको भनाइ छ । बनगाड कुपिण्डेमा भारतबाट आउने नागरिकको संख्या ९ सय वढी रहेको छ ।

नगरले तयार गरेको क्वारेन्टाइनको क्षमता भन्दा बढी नागरिक भित्रिए पछि ब्यबस्थापनमा केही समस्या देखिएको नगर प्रमुख गोविन्द कुमार पुनले वताउनु भएको छ । नगरले करिब १५ वटा बिद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस