केन्द्र सरकारको सल्यानमा रु. २ अर्व ९७ करोड ८४ लाख वजेट [कुन स्थानियमा कति ? वितरण सहित]

सल्यान १६, जेष्ठ ।
सरकारले सल्यानका लागी झण्डै तीन अर्व बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार प्रस्तुत गरेको बजेटमा सल्यानका दश स्थानीय तहका लागी रु. २ अर्व ९७ करोड ८४ लाख विनियोजन गरिएको छ ।


सल्यानमा तीन नगरपालिका र सात गाउपालिका रहेका छन् । तीन नगरपालिकामा रु. १ अर्व १६ करोड ७ लाख र सात गाउँपालिकामा रु. १ अर्व ८१ करोड ७७ लाख बजेट विनियोजन भएको छ । जसअनुसार बागचौर नगरपालिकामा रु. ४१ करोड २९ लाख, शारदा नगरपालिकामा रु. ३९ करोड १८ लाख र बनगाड कुपिण्डे नगरपालिकामा रु. ३५ करोड ५० लाख विनियोजन भएको छ ।


यस्तै छत्रेश्वरी गाउँपालिकामा रु. ३० करोड ४२ लाख, कपुरकोट गाउँपालिकामा रु. २१ करोड ३४ लाख, कालिमाटी गाउँपालिकामा रु. २८ करोड ६ लाख, कुमाख गाउँपालिकामा रु. २९ करोड ७७ लाख, सिद्ध कुमाख गाउँपालिकामा रु. १९ करोड ५० लाख, त्रिवेणी गाउँपालिकामा रु. २७ करोड ६८ लाख र दार्मा गाउँपालिकामा रु २५ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस