सिम्ता गाउपालिकालाई ७ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

सल्यान १७, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउँपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटासको आर्थिक सहयोग र समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरणमा ७ लाख २४ हजार ५ सय बराबरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो । स्याक नेपालका सिम्ता शाखाका कर्मचारी रेशम कुमार योगी र माधव प्रसाद आचार्यले पालिकालाई हस्तान्तरण गर्नुभएको थियो ।


हस्तान्तरण गरेका समानहरू खुट्टाले थिचेर पानीले हात धुने उपकरण, साबुन प्रयोग गर्ने हिल टंकी ५ वटा, टुटि सहितको ड्रम ५ सय १६ वटा, पिपिई ससेट, एन ९५ माक्स, सर्जिकल माक्स, कपडाको माक्स, ग्लोप्स, सेनिट्राईजर र साबुन रहेका छन । कोभिड १९ को महामारी न्यूनीकरण गर्नको लागि सरसफाइजन्य र स्वास्थ्य सामाग्री प्रदान गरेकोमा स्याक नेपाललाई गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले धन्यवाद दिनु भएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, प्रमुख प्रशासकिय अधिकृत जनक वहादुर हमाल, वडाअध्यक्ष राजेन्द्र सिंह ठकुरी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस