सल्यान १७, जेष्ठ ।
पूर्वाधार बिकास कार्यालय सल्यानका प्रमुख बिनोद पुनले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नगरबासी समेत उहाँले आज नगरप्रमुख गोबिन्द कुमार पुनलाई एन ९५ माक्स हस्तान्तरण गर्नुभएको हो ।
बिश्व नै कोरोना भाइरससँग लडिरहेको अहिलेको अबस्थामा यसको जोखिम कम गर्न एक सय पचास थान माक्स हस्तान्तणर गरिएको उहाँको भनाई छ । नगरवासीको नाताले जोखिम क्षेत्रमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय नागरिक र जनप्रतिनिधिलाई प्रयोगमा हुने उद्धेश्यका साथ माक्स दिएको उहाँले बताउनुभयो । पछिल्लो केही दिन यता बन्गाड कुपिण्डे नगरपालिकामा एक हजार बढी नागरिक भारत बाट फर्किएका छन् ।