महामारी, भोकमरी र रोजगारीलाई प्राथामिकता दिएर बजेट ल्याउँछौँ : मन्त्री ज्वाला

‘सल्यानका पालिका प्रमुखसँग बजेट प्राथामिकताका बिषयमा छलफल’

सल्यान १७, जेष्ठ ।
आगामी आर्थिक बर्ष २०७७।०७८ को बजेट प्राथामिकताका बिषयमा कर्णाली प्रदेश सरकारले सल्यानमा छलफल गरेको छ । प्रदेश सरकारले ल्याउन लागेको बजेटमा के कस्ता योजनाहरु समाबेश गर्ने, प्राथामिकता के छ भन्ने बिषयमा सल्यानका दश वटै पालिका प्रमुखहरु सँग छलफल गरिएको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको बिशेष आतिथ्यतामा सम्पन्न भिडियो बैठकमा जिल्लाका पालिका प्रमुखहरुले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर बजेट ल्याउन सुझाव दिएका छन् । अहिलेको अबस्थामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित रहेर स्वास्थ्य क्षेत्रको पूर्वाधार बिकासलाई प्राथामिकता दिएर वजेट ल्याउन सुझाव दिएका हुन् ।

बैठकमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथामिकता दिएर वजेट ल्याउने प्रदेश सरकारले तयारी गरको बताउनुभएको छ । बिशेषगरी कोरोना भाइरससँग सम्बन्धित रहेर यसको रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुदैँ स्वास्थ्य क्षेत्रको पूर्वाधार बिकासलाई प्राथामिकतामा राखेर वजेट ल्याउने उहाँले बताउनुभएको हो । यस बर्ष कर्णाली प्रदेश सरकारले करिब ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।


कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोरोना विशेष वजेट ल्याउने उहाँको भनाई छ । ‘जमिनलाई बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नाराका साथ जमिनको खेती वृद्धि गर्ने गरी वजेट ल्याउने मन्त्री ज्वालाको भनाई छ । उहाँले स्थानिय तहको भूगोल, जनसंख्या लगाएतका कुराहरुलाई आधार मानेर वजेट तय गरिने बताउनुभयो । यस बर्ष प्रदेश सरकारको बजेटको आकार केही घटेपनि स्थानिय तहलाई बिगतमा दिदैँ आएको समानीकरण अनुदानमा कटौती नगरिने बताउनुभयो ।

उहाँले जिल्लामा कृषिको सम्भावना धेरै भएकाले बैमौषमी तरकारी, अदुवा, आलु, सुन्तला लगाएत कृषिजन्य बस्तुको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणको लागी प्रदेश सरकारले जोड दिने बताउनुभयो । यस्तै रोजगारी, शिक्षा, पूर्वाधार बिकास लगाएतका बिभिन्न क्षेत्रहरुलाई प्राथामिकता दिएर वजेट ल्याउने मन्त्री ज्वालाको भनाई छ ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्य प्रसाद रेग्मी, बिश्लेषक, जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्ट सहित जिल्लाका दश वटै स्थानिय तहका प्रमुखहरु सहभागिता रहको थियो । प्रदेश सरकारले असार १ गतेभित्र बजेट र योजना सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित