सल्यानमा प्रर्दशन : सोती घटनाका दोषीहरुलाई कारबाहीको माग

सल्यान १८, जेष्ठ ।
रुकुम पश्चिमको सोती घटनाका विषयलाई लिएर सल्यानमा आज प्रर्दशन गरिएको छ । संयुक्त दलित संघर्ष समिती सल्यानले सदरमुकामको खलंगा स्थित टुडिखेलमा जम्मा भएर हातमा प्लेकार्ड सहित नाराबाजी गर्दे जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र समेत बुझाएको छ ।

सोती घटनाको बारेमा सत्यतथ्य छानविन गरी दोषीहरुलाई हदै सम्मको कार्वाही हुनु पर्ने माग राखेर उनीहरुले प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनीमा तीन दर्जन वढी दलित अधिकारीकर्मीहरुको सहभागीता रहेको थियो । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर यही जेठ १० गते भएको घटनामा पाँच जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित