सल्यान आउदैँ गरेको फोर्स गाडी अगैयामा दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

सल्यान १९, जेष्ठ ।
भारतबाट फर्केका मानिसहरुलाई लिएर सल्यानका आउदैँ गरेको फोर्स गाडी दुर्घटना भएको छ । आइतबार राती करिब ११ वजे अगैया नजिकैको जंगलमा ना ५ ख ५९९५ नम्बरको गाडी दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले सल्यान टुडेलाई जानकारी दिनुभएको छ ।

तस्वीर फाइल

फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्ये चालक सहित ११ जनाको मृत्यू भएको जानकारी दिनुभएको छ । घाइतेहरुको नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको उहाँको भनाई छ । उनीहरु सबै सल्यानका रहेका र थप विवरण आउन बाँकी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस