बाँके दुर्घटना अपडेट : घाइते २१ जनाको परिचय खुल्यो, मृतकको सनाखत हुन बाँकी

सल्यान १९, जेष्ठ ।
बाँकेमा गएराती भएको दुर्घटना परी घाइते भएका २१ जनाको परिचय खुलेको छ । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी ठुरिया जंगलमा रोकिराखेको वा ४ ख ९०६४ नम्वरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना परी घाइते हुनेहरुमा सल्यानका धेरै रहेका छन् । जसको सिद्ध कुमाख गाउपालिका ४ छापडाँडाका का २८ वर्षिय लोकेश घर्ती, १८ वर्षिय शिव भण्डारी, सिद्ध कुमाख ५ का १८ वर्षिय धन बहादुर बोहरा, वडा नम्बर ५ कै दहका ४४ वर्षिय तेज बहादुर बुढाथोकी, १८ वर्षिय देवेन्द्र खड्का र १७ वर्षिय ज्ञान बहादुर बोहरा र २६ बर्षिय निम बहादुर वली रहेका छन् । यस्तै वनगाड कुपिण्डे नगरपालिका ६ घाँजरीका २० वर्षिय मिनराज विक र ५२ वर्षिय दिप बहादुर बुढा तथा शारदा नगरपालिका ६ कि २६ वर्षिया टिका चलाउने रहेको प्रहरीले जनाएको छ ।


यस्तै रोल्पाको त्रिवेणी गाउपालिका ७ का १७ वर्षिय सुनिल परियार, १८ वर्षिय पुरन परियार, २० वर्षिय विरेन्द्र परियार, रोल्पा कुरेलीका ५२ वर्षिय नर बहादुर विक र रोल्पा कै ४० वर्षिय दिल बहादुर विक रहेका छन् ।

यस्तै दाङ गढवा गाउपालिकाका २० वर्षिय भरत थापा, राजपुर २ का २० वर्षिय जिवन घर्ती, राजपुर ६ का २० वर्षिय दिपेश चौधरी, तुलसिपुर २ खैरिखोलाका २३ वर्षिय रूपलाल केसी, २ कै ४० वर्षिय विष्णु गिरी र दाङका मेघराज केसी रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उनीहरुको सनाखत हुन बाँकी छ ।

यसैबिच सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परिक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस