सल्यानका थप १० जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या ३५ पुग्यो

सल्यान १९, जेष्ठ ।
सल्यानका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका १० जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।


जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का ३४ र ४० बर्षिय २ जना, वडा नम्बर ३ का २२ र २८ बर्षिय २ जना, वडा नम्बर ५ का २१, २८ र ३६ बर्षिय ३ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै वडा नम्बर ६ का २३ बर्षिय १ जना र वडा नम्बर ७ का २० र २१ बर्षिय २ जनामा संक्रमण पुष्टी भएको कर्णाली प्रदेको सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

यस अघि सल्यानका २५ जनामा संक्रमण पुष्टी भएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो ।

 

प्रतिक्रिया दिनुहोस