सल्यानका थप ९ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या ४४ पुग्यो

सल्यान १९, जेष्ठ ।
सल्यानका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।


जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ का १७, १७, १९ र १९ बर्षिय ४ जना, वडा नम्बर ४ का २४, २४ र २५ बर्षिय ३ जना, वडा नम्बर ६ का २३, र २४ बर्षिय २ जनामा संक्रमण पुष्टी भएको कर्णाली प्रदेको सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

सल्यानमा आज बिहान मात्रै १० जनामा संक्रमण पुष्टी भएको थियो । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस